शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोलखामा फेरि माओवादी केन्द्रका उम्मेदवार कार्कीले लिए अग्रता

आइतबार, १८ मङ्सिर २०७९, १७ : २१
आइतबार, १८ मङ्सिर २०७९

दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार अहिले फेरि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । वैत्यश्वर गाउँपालिकाका ५ वटा वडाको मतगणना सकिँदा कार्कीले अग्रता लिएका हुन् ।

कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २७१ रहेको छ । दोलखामा प्रदेशसभा २ मा एमालेका भरत केसी विजयी भइसकेका छन् । केसीले कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराएका हुन् ।  

जिल्लाका तामाकोशी, मेलुङ, शैलुङ र विगु गाउँपालिकामा प्रतिनिधिसभातर्फको मतगणना गर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप