शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘पासो’ लाई दर्शक अभाव

आइतबार, १८ मङ्सिर २०७९, १७ : ०४
आइतबार, १८ मङ्सिर २०७९

‘पासो’ गत शुक्रबार रिलिज भएको फिल्म हो । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको फिल्मले दर्शक पाउन भने सकेन । फिल्ममा रिलिजको दिन देखिनै दर्शक अभाव देखिएको छ । सोही कारण शुक्रबार र शनिबार केही शो दर्शक पाएको फिल्मको आइतबार धेरै शो घटेको छ । 

फिल्मका वितरक करण क्रेजीले ‘पासो’ मा दर्शक अभाव रहेको बताए । प्रचारप्रसार खासै नभएको फिल्ममा दर्शक नदेखिनुको मुख्य कारण उचित प्रचार प्रसारको नहुनु रहेको वितरक करणको भनाई छ ।  

अपहरणपछि २ युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा निर्माण भएको फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाँइ, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । फिल्म आर.बी पुनले निर्देशन गरेका हुन् । 

कथा, पटकथा, संवाद समेतको निर्देशन आर.बीकै रहेको फिल्मको कुमार राउत कार्यकारी निर्माता हुन् । फिल्म बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप