शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेशनल लाइफले ५ अर्बको चुक्तापुँजी तोकिएकै समयमा पुर्‍याउने

आइतबार, १८ मङ्सिर २०७९, १६ : ३४
आइतबार, १८ मङ्सिर २०७९

नेशनल लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । कम्पनीको आइतबार सम्पन्न ३४औं वार्षिक साधारण सभाले उक्त लाभांश सर्वसम्मतिले पारित गरेको हो । चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र सो बापत कर प्रयोजनका लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ वितरण गरिने कम्पनीले जनाएको छ । 

आर्थिक वर्ष २०७७÷७८ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ भने जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई रु.४,२०४ करोड पुगेको कम्पनीले जनाएको छ । 

यस्तै समीक्षा अवधिमा कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रु.३,९२४.७० करोड पुगेको समेत कम्पनीले जनाएको छ । कम्पनीको वार्षिक औसत प्रतिफल ९.६७ प्रतिशत कायम रहेको छ । 
२०७९ साल चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पुर्याउनु पर्ने वाध्यात्मक स्थितिमा कम्पनीले हाल पारित १५ प्रतिशतको बोनस सेयरसहित चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४३ लाख १ हजार ८७५ रुपैयाँ पुग्नेछ । अपुग पुँजी तोकिएको समयभित्रै सहज रुपमा पुग्ने स्थिति रहेको कम्पनीको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप