आर्टिफिसियल इन्टेलिजेन्सले हृदय रोगको भविष्यवाणी
हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हृदय रोगले हरेक वर्ष १ करोड ७९ लाख मानिसको ज्यान लिने अनुमान गरिएको छ । यस रोगको विनाशकारी नतिजाले अनुसन्धानकर्ताहरूलाई हृदय रोग र जोखिम कारकहरूको उपचार र रोकथाम गर्न प्रेरित गरेको छ ।
अन्वेषकहरूले एउटै छातीको एक्स–रे प्रयोग गरेर अब एथेरोस्क्लेरोटिक कार्डियोभास्कुलर रोगको कारणले हृदयघात वा मस्तिष्कघातबाट मृत्यु हुने सम्भावनाको भविष्यवाणी गर्न सिकाउने मोडेल विकास गरेका छन् ।
बीजीआरडटकमका अनुसार सीएक्सआर–सीभीडी जोखिमको रूपमा चिनिने यस प्रविधिलाई अमेरिकाको राष्ट्रिय क्यान्सर संस्थानद्वारा डिजाइन गरिएको विशेष परीक्षणमा अनुसन्धान र प्रशिक्षण दिइएको छ ।
यसले लगभग ११ हजार ४३० ‘आउटप्यासेन्ट’को दोस्रो स्वतन्त्र समूह पनि प्रयोग ग¥यो, जसमध्ये सबैको छातीको क्स–रेहरू थिए, जसले उनीहरूलाई स्टेटिन थेरापीको लागि सम्भावित रूपमा योग्य बनायो ।
अध्ययनको नतिजा रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिकाको वार्षिक बैठक (आरएसएनए)मा प्रस्तुत गरिएको थियो । गहिरो सिकाइ उन्नत आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को एक प्रकार हो, जसलाई रोग–सम्बन्धित ढाँचाहरूको लागि एक्स–रे तस्बिर खोज्न तालिम दिन सकिन्छ । -न्युज कारखानाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन
-
सुकिला नोटको वितरण आजदेखि, नयाँ नोट ढुकुटीमै 'सिलप्याक'
-
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
-
अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान
-
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
-
‘आपत्तिजनक व्यवहार’का लागि मार्टिनेजलाई प्रतिबन्ध