बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लेबनानी शरणार्थीलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

आइतबार, १८ मङ्सिर २०७९, १५ : १४
आइतबार, १८ मङ्सिर २०७९

संयुक्त राष्ट्रसङ्घले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले सो आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरुको सङ्ख्या निकै बढ्दै गएको र यहाँ उनीहरुका लागि आवश्यक मात्रामा सहयोग पनि नपुगेकाले सो आग्रह गरेका हुन् ।

ग्राण्डी तीन दिनको भ्रमणका क्रममा लेबनान आएका थिए । सो भ्रमण सकेर शनिबार फर्किने क्रममा उनले लेबनानमा दसौँ हजार जना शरणार्थीलाई हाल सामान्य सहयोग मात्र गरिएको र उनीहरूको भविष्य सुनिश्चित हुने खालको कुनै दिगो सहयोग प्राप्त हुन नसकेको बताएका हुन् ।

उनले सिरियाबाट आएर पनि लेबनानमा शरणार्थीका रुपमा मानिसहरू रहेकाले उनीहरूलाई आवश्यक मात्रामा र दिगो सहयोग पुर्याउनुपर्ने बताएका लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

लेबनानमा ठूलो सङ्ख्यामा विदेशी शरणार्थीहरु आएर बसेका छन् । एक प्रतिवेदनअनुसार हाल लेबनानमा कम्तीमा पनि २० लाख शरणार्थी रहेका छन् । ती शरणार्थीमा अधिकांश सिरियाली भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप