शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभामा कांग्रेसले निकाल्यो ६२ प्रतिशत नतिजा

आइतबार, १८ मङ्सिर २०७९, २३ : ०३
आइतबार, १८ मङ्सिर २०७९

नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट ५७ जना प्रतिनिधिसभा सदस्य जितेको छ । १६५ निर्वाचन मध्ये ९१ मा उम्मेदवारी दिएको कांग्रेसले ६२ प्रतिशत नतिजा निकालेको छ । पाँच दलीय गठबन्धनका साथ चुनावी गएको कांग्रेसले ३४ सिट भने गुमाएको छ । कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालाई ७४ सिट छाडेको थियो । 

कांग्रेसबाट प्रदेश १ मा १९, मधेसमा १५, बामतीमा १८, गण्डकीमा १२, लुम्बिनीमा १४, कर्णालीमा ४ र सुदूरपश्चिममा ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।  प्रदेश १ मा ९, मधेसमा ७, बागमतीमा १३, गण्डकीमा १०, लुम्बिनी ६, कर्णालीमा ४ र सुदूरपश्चिममा ८ जना निर्वाचित भएका छन् । महामन्त्री विश्वप्रकाश शर्माको गृहप्रदेश १ मा कांग्रेसले प्रदेश १ मा ४७ प्रतिशत मात्र जित्यो ।

यस्तै नेता विमलेन्द्र निधिको गृहप्रदेश मधेसमा ४६ प्रतिशत जित्दा महामन्त्री गगन थापाको गृह प्रदेशमा बागमतीमा ७२ प्रतिशत जित निकालेको हो ।  वरिष्ठ नेता रामचन्द्र पौडेलेको गृहप्रदेश गण्डकीमा ८३ प्रतिशत जित्दा गृहमन्त्री बालकृष्ण खाणको गृहप्रदेश लुम्बिनीमा कांग्रेस ४२ प्रतिशतमा सीमित भयो ।

उपसभापति पूर्णबहादुर खड्काको गृह प्रदेश कर्णालीमा सतप्रतिशत नतिजा हात पारेको छ भने सभापति शेरबहादुर देउवाको गृह सुदूरपश्चिममा ८८ प्रतिशत जित निकालेको छ ।

यी हुन् कांग्रेसबाट निर्वाचित ५७ जना

झापा १ – विश्वप्रकाश शर्मा 

मोरङ ६ – डा शेखर कोइराला  

सुनसरी – ४ ज्ञानेन्द्र बहादुर कार्की  

उदयपुर २ – डा.नारायण खड्का 

ओखलढुंगा – रामहरि खतिवडा

संखुवासभा – दीपक खड्का 

तेह्रथुम – सिता गुरुङ  

मोरङ १ – डिगबहादुर लिम्बु  

मोरङ ३ – सुनिलकुमार शर्मा  


सप्तरी ३ – दिनेशकुमार यादव  

सप्तरी ४ – तेजुलाल चौधरी 

धनुषा २ – रामकृष्ण यादव 

महोत्तरी ४ – महेन्‍द्रकुमार राय 

रौतहत ४ – देवप्रसाद तिमलसेना 

पर्सा २ – अजयकुमार चौरसिया 

पर्सा ४ – रमेश रिजाल

काठमाडौं ४ – गगनकुमार थापा

काठमाडौं १ – प्रकाशमान सिंह 

नुवाकोट २ – अर्जुननरसिंह केसी

काठमाडौं ५ – प्रदीप पौडेल

ललितपुर १ – उदयशम्शेर राणा 

सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

काठमाडौं १० – राजेन्द्रकुमार केसी

सिन्धुली १ – श्यामकुमार घिमिरे

काठमाडौं ३ – सन्तोष चालिसे 

रामेछाप – पूर्णवहादुर तामाङ (कान्छाराम) 

रसुवा – मोहन आचार्य

धादिङ २ – रामनाथ अधिकारी

भक्तपुर २ – दुर्लभ थापा क्षेत्री 


तनहुँ १ – रामचन्द्र पौडेल

स्याङ्जा २ – धनराज गुरुङ

नवलपुर १ – शशांक कोइराला 

तनहुँ २ – शंकर भण्डारी 

स्याङ्जा – १ राजु थापा 

नवलपुर २ – विष्णुकुमार कार्की

मुस्ताङ – योगेश गौचन थकाली 

म्याग्दी – खम बहादुर गर्बुजा 

गोरखा १ – राजेन्द्र बजगाई

मनाङ – टेकबहादुर गुरुङ

बाँके ३ – किशोरसिंह राठोर

दाङ ३ – दीपक गिरी 

बर्दिया १ – सन्जयकुमार गौतम

नवलपरासी १ – विनोद चौधरी 


गुल्मी १ – चन्द्रकान्त भण्डारी 

कपिलवस्तु २ – सुरेन्द्र राज आचार्य 


सुर्खेत १ – पूर्णबहादुर खड्का 

सुर्खेत २ – हृदयराम थानी 

मुगु – ऐनबहादुर शाही 

दैलेख  २ – दिक्पाल कुमार शाही

डडेल्धुरा – शेरबहादुर देउवा 

कञ्चनपुर २ – एनपी साउद 

कञ्चनपुर ३ – रमेश लेखक 

बाजुरा – बद्रीप्रसाद पाण्डे 

कैलाली ४ – विरबहादुर बलायर 

दार्चुला – दिलेन्द्रप्रसाद बडू 

अछाम २ – पुष्पबहादुर शाह 

कैलाली ५ – डिल्लीराज पन्त

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप