जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
आइतबार, १८ मङ्सिर २०७९, १३ : ५३
जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ । -न्युज कारखाना