बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार भट्टराईप्रति श्रद्धाञ्जली

आइतबार, १८ मङ्सिर २०७९, १३ : ३१
आइतबार, १८ मङ्सिर २०७९

सप्तरीका पत्रकार एवं मधेस प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको पार्थिव शरीर नेपाल पत्रकार महासंघ सप्तरीको प्रारङ्गणमा राखिएको छ ।

एक कार्यक्रममा सहभागी हुन सप्तरी पुगेका पत्रकार भट्टराईको निधन त्यहींको एक होटलमा भएको थियो । आज बिहान उनको पार्थिव शरीरमा विभिन्न विशिष्ट व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । 

श्रद्धाञ्जली दिनका लागि मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउत, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा वरिष्ठ व्यक्तिहरू पुगेका नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले बताए । भट्टराईको आजै दाहसंस्कार हुने अध्यक्ष देवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप