शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेटलाइफ नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना कार्यक्रम

आइतबार, १८ मङ्सिर २०७९, ११ : ३२
आइतबार, १८ मङ्सिर २०७९

मेटलाइफ नेपालले बीमा सचेतना वाकाथनको आयोजना गरेको छ । आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले ललितपुरमा सचेतना वाकाथनको आयोजना गरेको हो । शनिबार भएको ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३ सयभन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउनु थियो । मेटलाइफका सञ्चालन प्रमुख देवकिशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या बीमाको दायरामा नआएकाले बीमा बारे जानकारी प्रदान गर्न महत्वपूर्ण रहेको बताए ।

५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको मेटलाइफले हालै १० लाखभन्दा बढी मानिसहरूलाई जीवन वीमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ । मेटलाइफले ३ अर्ब १६ करोड रूपैयाँभन्दा बढी दावी भुक्तानी गरेको छ । कम्पनीले ४५ हजारभन्दा बढी जनशक्ति विस्तार गरेको छ ।

यसका साथसाथै, मेटलाइफले डिजिटलाइज्ड सेवाहरू, अद्वितीय बीमा समाधानहरू र क्यारियर विकास अवसरहरूमार्फत प्रतिभा वृद्धिलाई बढावा दिएर नेपालमा बीमा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

‘विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये एकका रूपमा मेटलाइफले विश्वभरका लाखौं ग्राहकहरूलाई आफ्नो भविष्य सुरक्षित राखेर विश्वस्तताका साथ बाँच्न मद्दत गरेको छ, मेटलाइफ दिगो बृद्धिमा विश्वास गर्दछ र नेपालमा मानिसहरूको बढ्दो सुरक्षा आवश्यकताहरू पूरा गर्न नवीन उत्पादनहरू, सेवाहरू र अनुभवहरू प्रदान गर्नमा केन्द्रित रहनेछ,’ मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने ।

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप