शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘नैतिकता प्रहरी’लाई विघटन गर्ने बारे विचार गरिएको इरानी महान्यायाधिवक्ताको जिकिर

आइतबार, १८ मङ्सिर २०७९, ११ : २०
आइतबार, १८ मङ्सिर २०७९

इरानको तथाकथित आचार तथा व्यवहारको निगरनी गर्ने प्रहरी निकायलाई विघटन गर्न कदम चालिएको छ । यसबारे इरानका महान्यायाधिवक्ता मोहम्मद जफर मोन्ताजेरीले जानकारी दिएका छन् ।

उनले इरानको संसद र न्यायपालिकाले पनि देशमा लागू भएको ड्रेस कोड कानुनको समीक्षा गरी परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यद्यपि महान्यायाधिवक्ताले यस ऐनमा संशोधन गर्ने वा नगर्नेबारे केही जानकारी दिएनन् ।

प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शन जारी छ । यी आन्दोलनमा अहिलेसम्म तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

महसा अमिनी हिजाब लगाउने नियम उल्लंघन गरेको आरोपमा पक्राउ परेकी थिइन् ।

के हो नैतिकता प्रहरी ?

सन् १९७९ को क्रान्तिदेखि नै इरानमा सामाजिक समस्यालाई सम्बोधन गर्न ‘नैतिक प्रहरी’ विभिन्न रूपमा विद्यमान छ । सन् १९८३ देखि, यहाँ सबै महिलाहरुलाई ड्रेस कानुनन अनिवार्य गरिएको थियो ।

उनीहरुको अधिकारक्षेत्रमा महिलाको हिजाबदेखि पुरुष र महिला एक–आपसमा घुल्ने मिल्ने मुद्दा पनि समावेश रहेको छ ।

तर महसाको मृत्युका लागि जिम्मेवार बताइँदै गरेको सरकारी एजेन्सी ‘गश्त–ए–इरशाद’ नै त्यो ‘नैतिकता प्रहरी’ निकाय हो जसको काम इरानमा सार्वजनिक रुपमा इस्लामी आचार संहितालाई लागू गर्नु हो ।

‘गश्त–ए–इरशाद’ को गठन सन् २००६ मा भएको थियो । यो न्यायपालिका र इस्लामिक रिभोल्यूशनरी गार्डस्सँग जोडिएका प्यारामिलिट्री फोर्स ‘बासिज’ सँग मिलेर काम गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप