एनआरएनए इन्फ्रास्ट्रक्चरले ५.२६ प्रतिशत लाभांश दिने
आइतबार, १८ मङ्सिर २०७९, ११ : ०१
एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले आफ्ना लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
चुक्ता पूँजीको ५.२६ प्रतिशतले हुन आउने ६ करोड ४३ लाख ४० हजार ९३५ रूपैयाँ नगद लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ । सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
एनआरएनएले वितरण गर्न लागेको लाभांश पुस ४ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्रै पाउनेछन् । कम्पनीले पुस ५ गतेदेखि बुक क्लोज गर्ने भएकाले त्यसभन्दा अघिसम्म कायम सेयरधनीहरूले मात्रै लाभांश पाउने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता
-
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण
-
एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता
-
८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा
-
एभरेस्टको फिस मसलामा ‘पेष्टिसाइड’
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने