शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा शक्तिशाली भूकम्प

आइतबार, १८ मङ्सिर २०७९, ०९ : ५८
आइतबार, १८ मङ्सिर २०७९

क्वालालम्पुर–इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् ।  भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराइ ११२ किलोमिटर (७० माइल) थियो । 

भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्यको भूगर्भ सर्वेक्षणले जनाएको छ। तर इन्डोनेसियाको मौसम विज्ञान निकाय बीएमकेजीले सो भूकम्पको म्याग्निच्युड ६ दशमलब ४ रहेको जनाएको छ ।

भूकम्प राजधानी क्वालालम्पुरसहित विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ । गत महिना गएको विनाशकारी भूकम्पका कारण सहरमा ३३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप