बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बिजुलीको पोलमा झुन्डिएका इन्टरनेट र केबलका तार हटाउन व्यवसायीको आनाकानी

आइतबार, १८ मङ्सिर २०७९, ०८ : ३४
आइतबार, १८ मङ्सिर २०७९

नेपाल विद्युत प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार तथा उपकरणहरू हटाउन पटक-पटक ताकेता गरे पनि केबल टिभी तथा इन्टरनेट सेवाप्रदायकहरूले अटेरी गरेका छन् । 

कात्तिक १५ गते प्राधिकरणले ४५ दिनको समय दिएर तार तथा उपकरण व्यवस्थित गर्न चेतावनी दिएको थियो । सूचना प्रकाशित भएको ३३ दिनसम्म पनि उनीहरूले कुनै चासो नदिएको प्राधिकरणले जानकारी दिएको छ । 

निर्धारित अवधिसम्म सुधार कार्य नभएमा प्राधिकरण आफैंले तार हटाउने र यसबाट हुनसक्ने नोक्सानीका लागि दूरसञ्‍चार सेवा प्रदायक आफैं जिम्मेवार हुने प्राधिकरणले चेतावनी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप