शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानी दूतावासमा हमला : सशस्त्र समूह आइएसआईएसले लियो जिम्मा

आइतबार, १८ मङ्सिर २०७९, ०८ : १५
आइतबार, १८ मङ्सिर २०७९

सशस्त्र विद्रोही समूह आइएसआईएसले शनिबार काबुलमा रहेको पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मा लिएको छ, । सो हमलालाई इस्लामाबादले “हत्याको प्रयास“ भनेको छ । 

अफगानिस्तानको राजधानीमा शुक्रबार भएको आक्रमणमा एक सुरक्षा गार्ड घाइते भएका थिए । जिहादी मनिटर एसआइटीईद्वारा उद्धृत एक विज्ञप्तिमा इस्लामिक स्टेटको क्षेत्रीय शाखाले 'धर्मत्यागी पाकिस्तानी राजदूत र उनका गार्डहरूमाथि आक्रमण गरेको' बताएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले यसलाई मिसनका प्रमुखमाथि “हत्याको प्रयास“ भन्दै छानबिनको माग गरेका छन् । 

काबुल प्रहरीका प्रवक्ताले सुरक्षा बलहरूले नजिकैको भवनमा आक्रमण गरेपछि एकजना संदिग्धलाई पक्राउ गरिएको र दुईवटा हल्का हतियार बरामद गरिएको बताए। पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिएको छैन, तर गत वर्ष अगस्टमा कट्टरपन्थी इस्लामवादीहरूले सत्तापलट गरेपछि पनि उसले आफ्नो दूतावास खुला राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप