बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै
आइतबार, १८ मङ्सिर २०७९, ०६ : ४८

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै छ । कांग्रेस उम्मेदवार पाण्डे एमाले उम्मेदवार कर्णबहादुर थापाभन्दा ३ हजार ७७८ मतान्तरले अगाडि छन् ।
पाण्डेले २६ हजार ९ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले २३ हजार २०८ मत प्राप्त गरेका छन् । प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले निर्वाचित भएका छन् भने प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीको अग्रता छ ।
शाहीले १७ हजार ९२७ मत वाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले १५ हजार १७२ मत पाएका छन् । बाजुरामा बुधबार बेलुकी ६ः ३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सवारीलाई जीपीएस प्रणालीमार्फत ट्र्याकिङ गर्दै सरकार
-
सरकारी पक्ष र रेडबुल प्रतिनिधिबीच भेटवार्ता
-
ट्रेड टावर कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप