दमकमा फोहोरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन
झापाको दमकमा फोहोरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहोर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको रु पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले बताए ।
कुहिने र नकुहिने फोहोर बेग्ला–बेग्लै सङ्कलन गरेर प्रशोधनका लागि ल्याइने गरेको बताए । कुहिने फोहोरलाई लेदो बनाएर प्रशोधन गरी ग्यास र प्राङ्गरिक मलका रूपमा प्रयोग गर्न सकिने कम्पनीका अर्का सञ्चालक विमल खतिवडाले बताए ।
कम्पनीका प्राविधिक विजय पाण्डेका अनुसार कुहिने फोहोर ग्यास बन्नका लागि १४ देखि २१ दिनसम्म लाग्छ । दैनिक १० हजार किलो प्राङ्गरिक मल र सात हजार पाँच सय लिटर झोल मल उत्पादन गर्न सक्ने प्लान्टको क्षमता छ । दमक क्षेत्रमा दैनिक १५ टन फोहर सङ्कलन हुने गरेको छ । यो परियोजना विसं २०७६ माघ १० गते सम्झौता भएर काम अघि बढेको थियो । सम्झौताअनुसार २० वर्षपछि यो योजना दमक नगरपालिकाकै मातहतमा आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट