बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश

शनिबार, १७ मङ्सिर २०७९, २२ : ४५
शनिबार, १७ मङ्सिर २०७९

नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।  शनिबार राति भएका प्रि–क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्ले अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । कलिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेदरल्यान्ड्सका लागि मेफिस डिपाया, डाले बिलान्ड र डेन्जेल डुम्पेरिसले एक–एक गोल गरे । 

यता अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए । नेदरल्यान्ड्सका लागि खेलको १० औं मिनेटमा डिपायाले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा बिलिन्डले गोल गर्दै नेदरल्यान्ड्लाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाएका थिए । 

खेलको ७६ औं मिनेटमा राइट्ले गोल गर्दै अमेरिकालाई २–१ गोलको अवस्थामा ल्याए ।  खेलको ८१ औं मिनेटमा डुमफ्रिसले गोल गर्दै नेदरल्यान्ड्लाई क्वाटरफाइनलमा पुगाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप