शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामाथि नेदरल्यान्ड्लाई ३–१ गोलको अग्रता

शनिबार, १७ मङ्सिर २०७९, २२ : ३०
शनिबार, १७ मङ्सिर २०७९

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलको खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि ३–१ गोलको अग्रता बनाएको छ ।   नेदरल्यान्ड्ले ३–१ गोलको अग्रता बनाएको हो । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा डेम्फेल्सले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–१ गोलको अग्रता दिलाए । 

यसअघि अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काउँदै अमेरिकालाई २–१ गोलको अवस्थामा ल्याएका थिए ।  यसअघि नेदरल्यान्ड्सका लागि मेफिस डिपाया र डाले बिलान्डले एक–एक गोल गरे । 

खेलको १० औं मिनेटमा डिपायाले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा बिलिन्डले गोल गर्दै नेदरल्यान्ड्लाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप