बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

शनिबार, १७ मङ्सिर २०७९, २० : ४०
शनिबार, १७ मङ्सिर २०७९

ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ । खेलकुदसम्बन्धी समाचार पोर्टल ‘गोल डटकम’ का अनुसार क्यान्सरको केमोथेरापीमा सुधार नभएपछि पेलेलाई अस्पतालमा प्यालिएटिभ केयरमा सारिएको छ  ।

ब्राजिलियन आउटलेट फोल्हाले पनि फुटबल लिजेन्ड पेलेलाई प्यालिएटिभ केयरमा सारिएको  र किमोथेरापीले काम नगरको जनाएको छ । 

साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले एक बुलेटिनमार्फत पेलेको अवस्था स्थिर रहेको जनाएको छ । पेलेलाई मंगलबार सो अस्पतालमा पुनः भर्ना गरिएको थियो उपचार प्रक्रिया जारी रहेको छ ।  ८२ वर्षीय पेले आन्द्राको क्यान्सरबाट पीडित छन् ।

पेलेको खेल जीवनमा ब्राजिलले तीनपटक विश्वकप जितेको थियो। पहिलो पटक १९५८ मा विश्वकप जित्दा उनी केवल १७ वर्षका थिए । त्यसपछि फेरि १९६२ र १९७० मा पनि ब्राजिल विश्व विजेता बन्यो ।  उनले ब्राजिलका लागि ९२ खेलहरूमा ७७ गोल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप