स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ जित नजिक
शनिबार, १७ मङ्सिर २०७९, ०६ : ००
कांग्रेसले प्रतिनिधिसभा सदस्यमा थप १ सिट सुरक्षित गरेको छ । स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङ गन्न बाँकी मत भन्दा बढि मतान्तरले अगाडि भएपछि जित सुनिश्ति भएको हो ।
गुरुङ एमालेकी पद्मामा अर्याल भन्दा ५९ सय ७५ मतले अघि छन् । यहाँ ४८ सय ७१ मत मात्र गन्न बाँकी छ । पछिल्लो नतिजा अनुसार कांग्रेसका धनराजले २९ हजार ५६६ मत ल्याएका छन् भने एमालेकी अर्यालले २३ हजार ५९१ मत ल्याएकी छन् । यस्तै गण्डकी प्रदेश सभा ‘ख’ मा पनि कांग्रेसका महेश भट्टराई जित नजिक पुगेका छन् । भट्टराईले १७ हजार २१९ मत ल्याउँदा एमालेका बुद्धिमान श्रेष्ठले १४ हजार १२१ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ