शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिप दुर्घटनामा चालकको मृत्यु

शनिबार, १७ मङ्सिर २०७९, १६ : ०१
शनिबार, १७ मङ्सिर २०७९

रोल्पामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  रोल्पा नगरपालिका-५ भैसिकुटीस्थित सडकमा वाझवाङबाट किमिचौर बजारतर्फ जाँदै गरेको लु.१ च ५४६४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा चालक रोल्पा नगरपालिका-५ वाझवाङ बस्ने ३६ वर्षीय निलेश कवरको घटनास्थलमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मृतकको ११ वर्षीय छोरालाई उपचारको लागि प्युठान विजुवारतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप