शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुम्लामा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

शनिबार, १७ मङ्सिर २०७९, १५ : ५८
शनिबार, १७ मङ्सिर २०७९

जुम्लामा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ। कर्णाली प्रदेशसभा(क)का सांसद देवेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यमा र अपाङ्ग पुर्न स्थापना केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्याैपानेकाे अध्यक्षतामा अपाङ्गता दिवस मनाइएको हो । 

चन्दननाथ नगरपालिका बाट निकालिएको र्‍याली जुम्ला बजार परिक्रमा गिर पुनः नगरपालिकाको प्राङ्गणमा आएर कार्यक्रममा परिणत भएको थियो ।अपाङ्गता भएका व्यक्तिहरु हातमा प्ले कार्ड लिएर नारा लगाएर बजार परिक्रमा गरेका थिए। अपाङ्गताहरू लागि अपाङ्ग मैत्री संरचना निर्माण गर जस्ता महत्त्वपूर्ण नारा लेखिएका थिए।विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाइन्छ। यो वर्षको नारा``समावेशी विकास लागि रूपान्तरित समाधान : पहुँचयुक्त र समतामूलक  विश्वका लागि ऊर्जावान् सृजनशीलताको प्रावधान´´भने तय गरेको थियो ।

कार्यक्रममा सांसद देवेन्द्र बहादुर शाहीले अपाङ्गता भएका व्याक्तीहरुकाे पनि राज्यले छुट्टै कानुन बनाएको बताए। नीति नियम निर्माण भए तर कार्यान्वयन नहुनु  दुखद् कुरा भएको उनले जनाए । सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजालले अपाङ्गताहरूका सरकारले संरक्षण गरेको बताइन्। राष्ट्रिय अपाङ्ग महासंघका नेपालका पर्व सचिव मुकुन्द दाहालले अपाङ्गता भएका व्यक्तिहरूलाई विकासको मूलधारमा ल्याउन शिक्षा, स्वास्थ्य, सुरक्षा आदिमा प्रतिनिधित्वमा समावेश गराउने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप