मनाङमा शून्य लैङ्गिक हिंसा
![मनाङमा शून्य लैङ्गिक हिंसा](https://rpcdn.ratopati.com/media/albums/mahila_hinsa_pidit_IwcWPb1GXx.jpg)
हिमाली जिल्ला मनाङमा चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लैङ्गिक हिंसाको उजुरी परेको छैन । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन् । गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ आचार्यले लैङ्गिक हिंसाका उजुरी कम पर्ने जिल्लाको रूपमा मनाङ पर्ने जानकारी दिए । “यहाँ महिलाप्रधान समाज छ । गाउँमा घटेका कतिपय घटना गाउँघरमै मिलाउनुपर्छ भन्ने मान्यता छ”, उनले भने ।
प्रहरी नायव उपरीक्षक प्रेम सागर केसी गाउँमै मिलापत्र गर्ने र नसक्ने अवस्थामा मात्रै प्रहरीलाई गुहार्ने गरिएको बताउँछन् । “प्रहरीसम्म उजुरी एकदमै न्यून आउने गरेको छ”, उनले भने । कतिपय घटना समाजमै लुकेर रहने उनको भनाइ छ । समय समयमा यस्ता घटना उजागर गर्न, पीडितलाई न्याय, पीडकलाई कानुनी दायरामा ल्याउन प्रहरीले सचेतनाको कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रमका सहभागीले जिल्लामा हिंसाका घटना सार्वजनिक हुन नसकेको अवस्था रहेकाले चेतना अभिवृद्धिको खाँचो रहेको औंल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात
-
सैफ अली खानमाथि आक्रमण भएको रात छोराले सोधेको थियो - तिमी मर्न लागेको हो र ?
-
नाबालिगलाई घरेलु कामदार बनाउने एमाले सांसदविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय