अश्कका दुई कृति लोकार्पण
साहित्यकार गोपाल अश्कका दुई कृतिहरू लोकार्पण भएका छन् । शुक्रवार एक कार्यक्रमका बीच साहित्यकार अश्कले लेखेको कृति ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ र अर्को अश्कबारे लेखिएको ‘साहित्यकार गोपाल अश्क’ नामक कृति लोकार्पण गरिएको हो । दोश्रो कृतिमा अश्कका बारेमा विभिन्न विद्वानहरुले कलम चलाएका छन् ।
नेपाल स्रष्टा समाजद्वारा आयोजित सो कार्यक्रममा कृतिबारे समालोचकहरू दिनेश गुप्ता, प्रमोद प्रधान र प्रा.डा. कुमार कोइरालाले समिक्षात्मक मन्तव्य दिएका थिए भने भाषा आयोगका अध्यक्ष उषा हमाल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका सल्लाहकार पवन आलोकलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि ड़ा.ध्रुवचन्द्र गौतमले गोपाल अश्क बहुमुखी प्रतिभाशाली व्यक्तित्व भएको बताएका थिए । मधु पाठकको उद्घोषणमा सञ्चालित ‘लोकार्पण समारोह’ को अध्यक्षता नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार प्रतिवादी खोज्दा प्रहरीका बहालवाला इन्स्पेक्टर भेटिए
-
व्यक्तिगत इगो साध्न कारबाहीको सिफारिस गरे : सांसद चौधरी
-
अनुसन्धान केन्द्रबारे शिक्षामन्त्रीको चासो
-
अवैध पेस्तोलसहित एक युवा पक्राउ
-
आईपीएलको मेगा अक्सनमा बिक्री नभएका यी चर्चित क्रिकेटर !
-
कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता, माओवादी केन्द्रलाई समर्थन