शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अश्कका दुई कृति लोकार्पण

शनिबार, १७ मङ्सिर २०७९, १२ : ५५
शनिबार, १७ मङ्सिर २०७९

साहित्यकार गोपाल अश्कका दुई कृतिहरू लोकार्पण भएका छन् । शुक्रवार एक कार्यक्रमका बीच साहित्यकार अश्कले लेखेको कृति ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’  र अर्को अश्कबारे लेखिएको ‘साहित्यकार गोपाल अश्क’ नामक कृति लोकार्पण गरिएको हो । दोश्रो कृतिमा अश्कका बारेमा विभिन्न विद्वानहरुले कलम चलाएका छन् ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित सो कार्यक्रममा कृतिबारे समालोचकहरू दिनेश गुप्ता, प्रमोद प्रधान र प्रा.डा. कुमार कोइरालाले समिक्षात्मक मन्तव्य दिएका थिए भने भाषा आयोगका अध्यक्ष उषा हमाल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका सल्लाहकार पवन आलोकलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि ड़ा.ध्रुवचन्द्र गौतमले गोपाल अश्क बहुमुखी प्रतिभाशाली व्यक्तित्व भएको बताएका थिए ।   मधु पाठकको उद्घोषणमा सञ्चालित ‘लोकार्पण समारोह’ को अध्यक्षता नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप