दोलखामा मतगणना : अहिलेसम्म कसले कति मत प्राप्त गरे ? (सूची)
दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् । २१ हजार ५४१ मतगणना हुँदा कार्कीले १० हजार ६० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ८ हजार ९६५ मत प्राप्त गरेका छन् । ८२८ मत बदर भएको छ ।
यता, प्रदेशसभा १ मा भने कांग्रेसका कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । १७ हजार ९६८ मतगणना हुँदा काफ्लेले ८ हजार ४७२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले ७ हजार ३७२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ५४८ मत बदर भएको छ ।
प्रदेशसभा २ कांग्रेसका बर्मा लामाले अग्रता कायम राखेका छन् । २२ हजार ४१० मतगणना गर्दा लामाले १० हजार ४७२ मत प्राप्त गरेका छन् भने एमालेका भरत केसी ९ हजार ८०३ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ७७७ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची