राजस्थान: ७५ रुपैयाँका लागि महिलाको गोली हानी हत्या, सात पक्राउ
शनिबार, १७ मङ्सिर २०७९, ११ : ०२
राजस्थानको करौली जिल्लाको मालपुर थाना क्षेत्रमा गत नोभेम्बर ३० मा एक महिलाको गोली हानी हत्या गरिएको थियो । महिलालाई बचाउन आएका अन्य दुई युवा घाइते भएका छन् । यस मामिलामा एफआईआर दर्ता गरेपछि, प्रहरीले शुक्रबार सात आरोपीहरूलाई पक्राउ गरेको छ।
मसलपुर प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सिंहले बीबीसीलाई भने, ‘देवरी गाउँमा मृतक महिलाको परिवारले खेत जोत्न ट्याक्टर मागेको थियो । जोतेपछि पीडित पक्षले सवा बिघा खेत भएको बताएको थियो भने अभियुक्त पक्षले भने डेढ बिघा एउटा भएको बताए । खेत जोतेको लेनदेनमा विवाद बढेको थियो ।’ उनले थपे, "प्रारम्भिक अनुसन्धानमा ७५ रुपैयाको लेनदेनका लागि गोली हानेको पाइएको छ । यस घटनामा संलग्न सात जना पक्राउ परेका छन्। अनुसन्धान जारी छ।" मृतक महिलाको परिवार र अभियुक्त एउटै गाउँका हुन् । महिलाको हत्यापछि गाउँमा तनाव छाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)