बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन मद्रास उच्च अदालतको आदेश

शनिबार, १७ मङ्सिर २०७९, ०९ : १७
शनिबार, १७ मङ्सिर २०७९

मद्रासको उच्च अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ । 

मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने कदम पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि  भएको अदालतले फैसलामा जनाएको छ । 

मानिसहरूलाई असुविधाबाट बच्नको लागि मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले भनेको छ । आदेशको पालना सुनिश्चित गर्न मन्दिरहरुले सुरक्षाकर्मीहरू पनि नियुक्त गर्न सक्ने आदेशमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप