विराटनगरबाट ‘मानवताको लागि संगीत’को भव्य सुरुवात
![विराटनगरबाट ‘मानवताको लागि संगीत’को भव्य सुरुवात](https://rpcdn.ratopati.com/media/albums/Nepathya_performing_at_Haatkhola_RKy0tsoU5M.jpg)
दुई दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको सुरुवात गरिएको विराटनगरबाटै लोक रक ब्याण्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानको भव्य सुरुवात गरेको छ । अभियानको पहिलो ध्वनी शुक्रबार बेलुकी यहाँस्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकहरुको उत्साह मिश्रित आवाजले गुञ्जायमान भएको थियो ।
अघिल्ला कन्सर्टहरुभन्दा बेग्लै यसपाला नेपथ्यले पहिलो गीतै ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत ग¥यो । गाउनु अघिको धुनमा परिमार्जनसहित केही नयाँपन दिएर सुरु गरिएको उक्त गीतदेखि नै सुरु भएको दर्शकहरुमा तीब्र तापक्रम कन्सर्टको अन्तिमसम्मै जारी देखिन्थ्यो । दर्शकहरुमा सुरुदेखि जागेको तापक्रमलाई निरन्तरता दिनकै निम्ति दोस्रो गीतमा ‘छेक्यो छेक्यो’, तेस्रो ‘लामपाते सुरती’ र त्यसपछि पनि ‘चरि मर्यो’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतहरुको निरन्तरता साथ अघि बढाइएको थियो ।
कार्यक्रम अवधि भर गायक अमृत गुरुङले पटक पटक मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । ब्यान्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरुको तस्विरसहितका दृश्यहरुबाट प्रस्तुत गरिएको थियो ।
‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौं ।’ गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आव्हान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए ।
विराटनगरको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक, दुइटा बस र केही साना सवारीमार्फत वीरगन्जतर्फ प्रस्थान गरेको छ । मानव सेवा आश्रमकै आयोजनामा त्यहाँस्थित आदर्शनगर रंगशालामा नेपथ्य मंसिर १९ गते सोमबार प्रस्तुत हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
-
जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिष्ट पार्टीको शुभकामना
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ
-
गजुरी गाउँपालिकामा अध्यक्षले जनयुद्ध दिवसमा बिदा दिए, उपाध्यक्षले उल्ट्याइन्