मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : युनुस मुसाह, अमेरिका

पोजिसन : मिडफिल्डर, उमेर : १९ वर्ष
शनिबार, १७ मङ्सिर २०७९, ०६ : २८
शनिबार, १७ मङ्सिर २०७९

कुनै बेला युनुस मुसाह इंग्ल्याण्डका लागि खेल्थे । इंग्ल्याण्डको युवा टोलीका लागि उनले ३० खेल पनि खेलेका थिए । गेराथ साउथगेट उनलाई सिनियर टोलीमा समावेश गर्न चाहन्थे । आफ्नो टोलीको मध्यपंक्तिलाई बलियो बनाउन उनी आफै गएर मुसाहलाई आग्रह पनि गरे । तर, युवा मुसाहले इंग्ल्याण्ड छाडेर अमेरिका रोजे ।

भ्यालेन्सियाका खेलाडीले कलिलो उमेरमा नै अमेरिकाका लागि २२ खेल खेलिसकेका छन् । मुसाहको पावर, तीव्र गति र ड्रिब्लिङ उनको सबल पक्ष हो । एन’गोलो कान्टे, पाउल पोग्बा र क्रिस्टियन पुलिसिचलाई आदर्श मान्ने मुसाहलाई बार्सिलोनाले खरिद गर्न खोजिरहेको छ । 

अमेरिकी प्रशिक्षक ग्रेक बर्हाल्टर भन्छन्, ‘कुनै पनि टोलीलाई उनलाई रोक्न हम्मेहम्मे पर्छ । उनी नियमितरुपमा विपक्षी टोलीको रक्षापंक्तिलाई चुनौती दिइरहेका हुन्छन् । उनी यति छिटो छन्, त्यसमाथि पनि बललाई आफ्नो खुट्टाको नजिक राख्छन् ।’ अन्तिम १६ मा नेदरल्यान्ड्स अमेरिकाको प्रतिद्वन्द्वीको रुपमा रहेको छ । युरोपियन टोलीविरुद्ध अमेरिकाको खराब रेकर्ड पन्छ्याउन मुसाहको भूमिका महत्त्वपूर्ण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप