बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता

शुक्रबार, १६ मङ्सिर २०७९, २२ : ३७
शुक्रबार, १६ मङ्सिर २०७९

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार  बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार पाँच सय २९ मतले अग्रता लिएका छन् ।

उनले सात हजार पाँच सय १२ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले चार हजार नौ सय ८३ मत प्राप्त गरेका छन् । यस्तै प्रदेशसभा (१) मा नेकपा समाजवादीका नरेश शाहीले पाँच हजार एक सय ३२ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीले तीन हजार नौ सय २८ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले तीन सय २५ मत पाएका छन् । 

यसैगरी प्रदेशसभा ९२० मा कांग्रेसका पदमबहादुर शाहीले पाँच हजार ७७ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार नेकपा एमालेका लालबहादुर थापाले चार हजार ६ सय ८४ मत प्राप्त गरेका छन् । शाहीले थापासँग तीन सय ९३ मतको अन्तरले अग्रता कायम गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप