शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा नालीमा डुबेका युवकको मृत्यु

शुक्रबार, १६ मङ्सिर २०७९, २२ : ३०
शुक्रबार, १६ मङ्सिर २०७९

नुवाकोटको पञ्चकन्यामा नालीमा डुबेको अवस्थामा उद्धार गरिएका स्थानीय युवकको ज्यान गएको छ ।  जिल्लाको पन्चकन्या गाउँपालिका–३ का ३५ वर्षीय युवक सरोज लामालाई स्थानीय नालीमा डुबेको अवस्थामा उद्धार गरिएकोमा उनको घर पुर्‍याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  नुवाकोटले जनाएको छ । 

घरभन्दा केही दूरीमा रहेको खानेपानी धारा नजिकको नालीमा टाउको घोप्टिएको अवस्थामा सरोजको उद्धार गरिएको थियो। उनी गाउँघरमा प्लम्बरको काम गर्दै आएका थिए ।

नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोस्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक रूपक खड्काको भनाइ छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप