शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्याङ्जा–२ मा गुरुङको अग्रता कायमै

शुक्रबार, १६ मङ्सिर २०७९, २१ : ५७
शुक्रबार, १६ मङ्सिर २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ । कांग्रेस उम्मेदवार गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा एक हजार पाँच सय ५८ मतले अगाडि रहेका छन् ।

साँझसम्मको गणनाअनुसार गुरुङले १८ हजार १९ मत प्राप्त गर्दा अर्यालले १६ हजार चार सय ६१ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ६ हजार चार सय ९० मत ल्याएका छन् । कूल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा साँझसम्म ४३ हजार आठ सय १६ मतगणना भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । मतगणना भएको मतमध्ये ४२ हजार तीन सय ४५ मत सदर भएको छ भने एक हजार चार सय ७१ मत बदर भएको हो ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–१, ६ र ७ भिरकोट नगरपालिका–५, ६, ७, ८ र ९ वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ तथा कालीगण्डकी गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७ को मगतणना सकिएको छ ।

त्यस्तैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता कायम गरेका छन्   कालीगण्डकी गाउँपालिकाका सातवटा वडाको मतगणना सकिँदा श्रेष्ठ एक हजार ६४ मतले अगाडि छन् । एमाले उम्मेदवार श्रेष्ठले पाँच हजार पाँच सय चार मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार महेश भट्टराईले चार हजार चार सय ४० मत ल्याएका छन् । हालसम्म १० हजार सात सय ८६ मतगणना सकिएको छ भने १० हजार ६ सय ४३ मत सदर, एक सय ४३ मत बदर भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप