शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमगीत ३’ का निर्माता सेनविरुद्ध परेको उजुरी खारेज गर्ने निर्माता संघको निर्णय

शुक्रबार, १६ मङ्सिर २०७९, २० : ४८
शुक्रबार, १६ मङ्सिर २०७९

फिल्म ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध सिक्किम निवासी रामगोपाल राईले दिएको ठगीको उजुरी चलचित्र निर्माता संघले खारेज गर्ने निर्णय गरेको छ । उजुरीको विषयमा संघले बोलाएको दुवै पक्षको छलफलमा निर्माता सेनले सम्झौता सन् २०२१ डिसेम्बरमै खारेज भइसकेको कागजपत्र पेस गरेपछि उजुरी खारेज गर्ने निर्णय संघले गरेको निर्माता संघका अध्यक्ष नवल खड्काले बताए ।

‘हामीले दुवै पक्षलाई शुक्रबार दिउँसो छलफलमा बोलाएका थियौ’ अध्यक्ष खड्काले भने, ‘निर्माता सेन उपस्थित भए पनि निवेदक राई भने आएनन् । त्यसकारण पनि हामीले निवेदनलाई अघि नबढाउने निर्णय गरेको हो ।’ ‘राई वास्तविक रुपमै पीडित भए अदालत र प्रहरीकहाँ जान सक्नुहुन्छ, हामीले हेर्दा उहाँलाई पीडित पाएनौं’ अध्यक्ष खड्काले थपे ।

निर्माता सेन विरुद्ध सिक्किम निवासी रामगोपाल राईले आफूहरूबीच भएको सम्झौता उल्लंघन गरेको भन्दै ४ करोड ८४ लाख रूपैयाँ ‘लगानी रकम फिर्ता गराइपाउँ’ भन्दै गत आइतबार निर्माता संघमा निवेदन उजुरी दिएका थिए । राईले डिजिटल अधिकारका लागि रकम लिएपनि राइट प्राप्त नगरेको उजुरी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप