कम्बोडिया सपना देखाएर २३ लाख ठगेको आरोपमा युवक पक्राउ
शुक्रबार, १६ मङ्सिर २०७९, २० : २४
‘कम्बोडिया पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले खोटाङको दिक्तेलबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० घर भएका २७ वर्षीय रामकृष्ण आचार्य छन् । जिल्ला प्रहरी कार्यालय खोटाङसँग समन्वय गरेर दिक्तेलबाट उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।
फेसवुक र ह्वाट्स एपबाट सम्पर्क गरेर ‘कम्बोडियामा आकर्षक तलबसहित सेक्युरिटी गार्डमा काम मिलाइदिन्छु’ भनेर आचार्यले २३ लाख ९७ हजार ठगी गरेको आरोप छ । आरोपीले आफु ‘कम्बोडियामा सेक्युरिटी गार्डमा काम गरिरहेको छु’ भनेर पीडितलाई विश्वास दिलाएर पैसा लिने गरेका थिए ।
उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापको राकाथुम हत्याकाण्डमा जिल्लाको फैसला उल्टियो, ५ जना प्रतिवादीलाई जन्मकैद
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते
-
राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलोपटक टिम च्याम्पियन
-
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय भण्डारी र चौधरीको बिदाइ
-
कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस
-
निर्वाचन आयुक्तको टोलीद्वारा इलाम क्षेत्र नम्बर २ को अनुगमन