शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

च्याउ उम्रिएझैँ होटलहरु बनेका छन्, गुणस्तरमा ध्यान दिऔँः राजेश हमाल

शुक्रबार, १६ मङ्सिर २०७९, १८ : ४०
शुक्रबार, १६ मङ्सिर २०७९

अभिनेता राजेश हमालले होटल व्यवसाय नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । शुक्रवार काठमाडौंमा भएको नेपाल होटल अवार्ड २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले होटल व्यवसायहरू नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताएका हुन् । 

उनले नेपाल पर्यटनको आकर्षण केन्द्र रहेकाले धेरै भन्दा धेरै पर्यटकहरुलाई नेपाल भित्र्याउनसके नेपालले अर्थतन्त्रमा फड्को मार्ने बताए । हमालले अहिले नेपालका विभिन्न स्थानमा हातमा गन्न नसकिने होटलहरु भइसकेको भन्दै ती होटलको व्यवस्थापन र सञ्चालन कसरी भएको भन्ने बारेमा पनि निरीक्षण हुन जरुरी रहेको बताउनु भयो । उनले देशमा अहिले च्याउ उम्रिएझैँ होटलहरु बन्दै गएपनि तिनीहरुको गुणस्तर कस्तो छ भन्ने कुराले पर्यटकहरुको ध्यानाकर्षण हुने बताए । 
उनले भने, ‘जुन बेलादेखि नेपालमा विदेशीहरुको लागि ढोका खुल्यो, १९६० को दशकमा त्यसपछि नेपाल एउटा पर्यटनको आकर्षण क्षेत्र हो भनेर चिनिँदै आएको हो । अहिले निर्वाचन आयोग भएको ठाउँमा रोयल होटल भन्ने नाममा एक होटल थियो । त्यसपछि सोल्टी हुँदै यहाँसम्म आइसकेका छौँ । हातमा गन्न नसकिने होटलहरु देशव्यापी रुपमा बन्दै गएका छन् । हस्पिटालिटी सेक्टर राष्ट्रको इकोनोमीको लागि महत्वपूर्ण छ । यो तलमाथि हुने बित्तिकै अर्थतन्त्रमा धेरै नै असर पार्छ । नेपाल पर्यटन क्षेत्रमा महत्वपूर्ण राष्ट्र हो हाम्रोमा अहिले च्याउ उम्रिएझैँ होटलहरु बनेका छन् । ती होटलहरुको गुणस्तर कस्तो छ, कसरी सञ्चालित भएका छन् भन्ने परिचय बाहिर आउन जरुरी छ ।’

 हमालले रेण्डरबुकिङ डटकमले नेपालमा नै पहिलो पटक खुला नोमिनेसन तथा गोप्य र आधुनिक प्रक्रियाबाट मूल्यांकन गरिने गरी विभिन्न १५ बढी विधामा नेपाल होटल अवार्ड २०२२ आगामी पुष ४ गते सञ्चालन गर्नुले कोरोना कालमा खुम्चिएको पर्यटन र अर्थतन्त्रको विकासका लागि सहयोग पुग्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप