शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘अन्तिम संस्कार’ नेपालभन्दा पहिले विदेशमा प्रदर्शन हुने

शुक्रबार, १६ मङ्सिर २०७९, १७ : ४९
शुक्रबार, १६ मङ्सिर २०७९

फिल्म ‘अन्तिम संस्कार’ विभिन्न अन्तराष्ट्रिय फेष्टिभलपछि मात्र नेपालमा रिलिज हुने भएको छ । निर्देशक प्रदीप शाहीले फिल्म नेपालभन्दा पहिले विभिन्न अन्तराष्ट्रिय फेष्टिभलमा देखाउने बताए ।

‘नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्य बोकेर हामी काम गरिरहेका छौ’ निर्देशक शाहीले भने, ‘पहिलो फिल्म ‘गोर्खाः विनिथ द ब्रेभरी’ लण्डनमा विशेष प्रदर्शन हुनेछ । त्यसपछि ‘अन्तिम संस्कार’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जानेछ ।’

फिल्म अहिले सम्पूर्ण छायांकन सकाएर पोष्ट प्रोडक्सनमा छ । मानिसको मृत्यु पश्चात गरिने संस्कारको बिषय कथा बनाएको फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेती लगायतका कलाकारको अभिनय छ । २ करोड लागतमा निर्माण हुने फिल्मका निर्माता विनोद सुवेदी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप