खल्ती र काठमाडौं महानगरपालिकाबीच राजस्व सङ्कलनमा साझेदारी
खल्तीले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरि आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ। यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू घर बहाल कर, सम्पति कर व्यवसायको कर अब खल्ती मार्फत सहजै भुक्तानी गर्न सक्नेछन्।
यसअघि यो सेवा करदाता पोर्टलमा लगइन गरि मात्र भुक्तानी उपलब्ध थियो भने अब खल्तीले यसलाई एपमा नै सक्षम पारेर भुक्तानीलाई अझ सहज र झन्झटमुक्त बनाएको छ । यस सेवाका बारे थप बोल्दै खल्ती का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने – हाम्रो लक्ष्य भनेको जनताको दैनिक भुक्तानीलाई सहज बनाउनु हो, यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौँ।
काठमाडौं महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा लाखौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउने उनको भनाइ छ ।
खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।
यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा पनि खल्तीले योगदान दिँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या