शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्याङजामा मतगणना : कांग्रेसका उम्मेदवार गुरुङको अग्रता कायमै

शुक्रबार, १६ मङ्सिर २०७९, १७ : ०८
शुक्रबार, १६ मङ्सिर २०७९

स्याङजामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार स्याङ्जा– २ प्रतिनिधिसभातर्फ गठबन्धनतर्फबाट कांग्रेसका धनराज गुरुङले २३१५ मतान्तरसहित अग्रता लिइरहेका छन् । गुरुङले  १६ हजार ५३८ मत प्राप्त गर्दा एमालेकी पदमा अर्यालले १४ हजार २२३ मत प्राप्त गरेकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकाराज गुरुङले ६ हजार ६५ मत प्राप्त गरेका छन् ।

यता, प्रदेशसभा (२) तर्फ भने एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिइरहेका छन् । श्रेष्ठले ३ हजार २७ मत ल्याउँदा कांग्रेसका महेश भट्टराईले २ हजार ९०९ मत ल्याएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप