बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेको नागरिकताबारे छानबिन गर्न प्रहरीलाई जिल्ला प्रशासनको पत्र

शुक्रबार, १६ मङ्सिर २०७९, १८ : १९
शुक्रबार, १६ मङ्सिर २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्ला प्रहरी परिसर काठमाडौंलाई छानबिनका लागि पत्राचार गरेका हुन् । 

प्रहरी परिसर काठमाडौं स्रोतले रविको नागरिकताबारे छानबिनका लागि पत्र आएको पुष्टि गरेपनि थप केही बताउन चाहेको छैन। अधिकारीहरूले यसबारे औपचारिक रुपमा बोल्न मानेका छैनन् ।  गृह मन्त्रालयमा रविको नागरिकतामाथि छानबिनका लागि भन्दै उजुरी परेपछि मन्त्रालयको आदेशमा प्रमुख जिल्ला अधिकारीले मातहतका निकायमा पत्राचार गरेको बताइएको छ । 

अमेरिकी पासपोर्ट त्यागेपछि रविले नेपाली नागरिक लिने प्रक्रियामा त्रुटी रहेको भन्दै उजुरी परेको थियो । उसो त चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पनि उनको नागरिकतामाथि प्रश्न उठाउँदै उजुरी परेको थियो । रवि यतिबेला चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् भने उनले आफ्नो नागरिकताको विषय यसअघि नै समाधान भइरहेको दाबी गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप