‘थ्री स्टार’ होटलमा रक्सीले निम्त्याएको ताण्डव, बन्द थिए सीसी क्यामेरा पनि
काठमाडौं –नेपालीमूलका भारतीय नागरिक आदित्य गुरुङ्गको पुख्र्यौली थातथलो धरान हो । पछि सिलगुढी बसाई सरेका आदित्य काठमाडौंस्थित सफ्टवेरिका, नामी र प्यारागनलगायतका विद्यालयमा स्पोर्टस् कोअर्डिनेटर थिए ।
नेपाल बास्केटवल संघको राष्ट्रिय प्रशिक्षक समेत रहेका गुरुङ्गको गत बुधबार मध्यरात राजधानीको गौशालास्थित थ्रि स्टार होटल ‘दि अमादब्लम होटल’मा हत्या भएको छ ।
बेला–बेला अमादब्लम होटलमा पुगिरहने आदित्य त्यसदिन साँझ करिब ९ बजेतिर अमादब्लम पुगेका थिए । अनि रुम बुक गरेर त्यहाँबाट बाहिएिका थिए ।
आदित्य बेला–बेला साथीभाईसँग भन्थे, ‘कहिलेकाँही बस्नुपरेमा अमादब्लम जानु, दुई–चार पैसा ठुलो कुरा हैन । सेफ छ, प्लस सर्भिस धेरै राम्रो छ ।’ तर, बिडम्बना त्यहि होटलकै लवीमा उनको मृत्य भयो ।
होटलका फ्रन्ट डेस्क रिसेप्सनिष्ट, सुरक्षा गार्ड र ड्राईभर मिलेर उनको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका भयो । उनीहरु प्रक्राउ परे । र, अहिले प्रहरी हिरासतमा छन् ।
पुस १२ गते होटलको कोठा नम्बर ‘८१०’ बुक गरेपछि आदित्यसँगै गएका अर्जुन थापा र गणेश ढुंगेल ठमेल तिर लागे । ठमेलमा खानपिन गरेर राती करिब १२ बजेतिर गौशालास्थित अमादब्लम फर्किए ।
होटलको कोठामा पुगेपछि उनले केही खानेकुरा र ‘रक्सी’ अर्डर गरेका थिए । होटलको फ्रन्ट डेस्क रिसेप्सनमा रहेका डोनी शेर्पाले ‘रक्सी छैन, होटल बन्द गर्ने बेला भयो’ भन्दै अर्को होटलको मेनु ल्याएपछि उनीहरुबीच वाद–विवाद भएको आदित्यसँगै रहेका प्रत्यक्षदर्शी अर्जुन थापाले रातोपाटीलाई बताए ।
उनले भने, ‘एडी दाई (आदित्य)ले २४ घण्टा सर्भिस दिने भनेर किन मेन्युमा लेखेको, नत्र हामी अन्यत्रै जान्छौँ भनेपछि डोनी शेर्पा र गार्डहरु मिलेर उहाँमाथि आक्रमण गरेका थिए ।’
होटलका कर्मचारी डोनी शेर्पाले मदिरा नदिने बताएपछि होटलमा सुतेका साथी गणेश ढुंगेललाई बोलाउन आदित्यले अर्जुनलाई पठाए । ‘म लिफ्टबाट गणेश दाईलाई बोलाउन गएँ, फर्किदाँ उहालाई ‘तँ डन् होस् ?’ भन्दै कुटदै थिए ।’
अर्जुनका अनुसार होटलका कर्मचारीले आदित्यलाई नजिकै रहेको बाग्मती होटलको मेन्यु दिएका थिए । प्रहरीका अनुसार फ्रन्ट डेस्क रिसेप्सनका डोनीले पहिले छातीमा चक्कु प्रहार गरेपछि सुरक्षा गार्डहरुले घेरेर उनलाई ‘नक’ कुटेको अर्जुन थापाले बताए ।
परिवारका सदस्यले आदित्यको मृत्यु घट्नास्थलमै भएको दाबी गरेका छन् । प्रहरीले चाहिँ सिनामंगलस्थित केएमसी हस्पिटलमा उपचारको क्रममा उनको मृत्यु भएको बताएको छ ।
‘आदित्यको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रयोग भएको देखिन्छ’ महानगरीय प्रहरी वृत गौशालाका डीएसपी अनुपम श्रेष्ठले रातोपाटीसँग भने, ‘घट्नास्थलबाट धारिलो हतियार (फोल्डिङ चक्कु) बरामद भएको छ, पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’
प्रहरीले हत्यामा भएको आशंकामा दोलखा स्थायी घर भएका डोनी शेर्पा, दोलखा जुगुका भुपेन्द्र खत्री, होटलमा सुरक्षा गार्डको रुपमा कार्यरत सरोज खड्का, विनोद चौलागाई र शिव ढकालमाथि कर्तब्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
अरु विवाद पनि थिए कि ? प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ ।
बन्द थिए सीसी क्यामेरा
राजधानीमा अहिले सामान्य फेन्सी स्टोर र किराना पसलमा समेत सीसी क्यामेरा राख्न थालिएको छ । त्यस्तोमा ‘तीनतारे’ होटल अमादब्लममा सीसी क्यामेरा समेत बन्द रहेको पाइएको छ ।
‘होटलको सीसी क्यामेरा ब्याल्यांक आएको छ’ घट्नाको अनुसन्धान गरिरहेका डीएसपी अनुपम श्रेष्ठले भने, ‘फरेन्सिक ल्याबमा जाँच्न पठाएका छौँ ।’
उता, होटल संचालक मध्येका एकजना नारायण उप्रेतिले आफुहरुले मेनेजरलाई होटल जिम्मा लगाएको जानकारी दिँदै सीसी क्यामेरा बिग्रेर नबनाएको हुनसक्ने बताए ।
उनले भने, ‘हामीले मेनेजरको जिम्मामा होटल छाडेका थियौँ, उनले पनि १० दिन अगाडि छाडिसकेछन् । स्टाफको समस्याले गर्दा २४ घण्टे रेष्टुरेण्ट सुविधा दिन सकेका थिएनौँ । सीसी क्यामेरा बिग्रिएको थियो होला, बनाउनु पर्ने हो, त्यो हुन सकेको रहेनछ ।’
अमादब्लम होटलका मुख्य लगानीकर्ता एमाले नेता बालकृष्ण शिवाकोटी हुन् । दोलखा स्थायी घर भएका शिवाकोटी उक्त होटल रहेको भवन ‘पशुपति भिजन’को मालिक समेत हुन् ।
होटलको सवैभन्दा धेरै शेयर शिवाकोटीको नाममा रहेको छ ।
शिवकोटी बाहेक एमाले निकट नारायण उप्रेति पनि अमादब्लमका शेयर होल्डर हुन् ।
प्रहरी स्रोतका अनुसार अनुज रिमाल सहित कुल ६ जना होटल सञ्चालक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
नेपाल–चीनबिच भएका सम्झौता कार्यान्वयनमै सकस
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित