शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका एक युवकको मृत्यु

शुक्रबार, १६ मङ्सिर २०७९, १६ : २०
शुक्रबार, १६ मङ्सिर २०७९

जुम्लास्थित विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका  युवकको उपचारको क्रममा मृत्यु भएको हो।

शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित  विमानस्थलको पश्चिम तर्फको तार जालीभित्र कैलालीको टिकापुर नगरपालिका– ७ शतिगाउँका अन्दाजी २८÷२९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएका थिए।

बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो। प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए ।

प्रहरीका अनुसार उनले मदिरा सेवन गरेको पाइएको छ। मृतक जुम्ला घुमफिर गर्न आएको  बुझिएको जोशीले बताए । यसबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षकको कमाण्डमा एक टोली बनाइएको जनाइएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप