बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारका लागि स्वास्थ्य उपचारमा छुट

शुक्रबार, १६ मङ्सिर २०७९, १६ : १६
शुक्रबार, १६ मङ्सिर २०७९

नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र वी एण्ड वी अस्पताल बीच पत्रकार र आश्रित परिवारको उपचारका क्रममा लाग्ने औषधी र स्वास्थ्य उपचारमा छुटका लागि शुक्रबार सम्झौता भएको छ ।

आज एक कार्यक्रमका बीच उक्त सम्झौता भएको महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बताए । उनका अनुसार पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधी र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो । सम्झौता २०७९ साल मंसिर १६ गतेबाट लागु भई दुई वर्षसम्म रहने छ ।

सम्झौता पत्रमा उल्लेख भएअनुसार नेपाल पत्रकार महासंघमा आबद्ध सबै शाखाका सदस्यहरू, पत्रकारका श्रीमान÷श्रीमती, बुबा–आमा, छोराछोरीले यो सुविधा पाउनेछन् । सुविधाका लागि नेपाल पत्रकार महासंघबाट जारी भएको पत्रकार परिचय–पत्र आवश्यक हुने उल्लेख छ । 

सम्झौतापत्रमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने र सचिव रामहरि कार्कीले हस्ताक्षर गरेका छन् भने वी एन्ड वी अस्पतालका तर्फबाट अस्पतालका कार्यकारी निर्देशक डा.निरजलाल वैद्य र कार्यकारी व्यवस्थापक डा.रिना वैद्यले गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप