शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला सांसदलाई थप्पड हानिएपछि सेनेगलको संसदमा झडप

शुक्रबार, १६ मङ्सिर २०७९, १६ : ०७
शुक्रबार, १६ मङ्सिर २०७९

सेनेगलको विपक्षी पार्टीका एक पुरुष विधायकले महिला विधायकलाई थप्पड हानेपछि त्यहाँको संसदमा हिंसात्मक झडप भएको छ । टेलिभिजन फुटेजमा सत्तारूढ र विपक्षी दलका राजनीतिज्ञहरू बीच संसदमा एक अर्काविरुद्ध मारपिटमा उत्रिएको देखिन्छ ।

बिहीबार बजेट प्रस्तुत गर्ने क्रममा संसदका विपक्षी दलका सदस्य मासाता साम्बले सत्तारुढ गठबन्धन ‘बेन्नो बोक याकार (बीबीवाई)’की विधायक एमी नदिए गनीबीलाई थप्पड हानेपछि संसदभित्रै मारपिट भएको थियो । 

गनीबीले आफूलाई थप्पड हान्ने सांसदमाथि कुर्सी उठाएर हान्छिन् । त्यसपछि अर्का सांसदले गनीबीलाई समाएर भुइँमा लडाए । राजनीतिज्ञहरू कुटपिट, आरोप प्रत्यारोप र गाली गलौचनमा उत्रिएपछि बैठक स्थगित भएको थियो ।
सेनेगलमा जुलाईको विधायिकी चुनावपछि सत्तारुढ र विपक्षी राजनीतिज्ञ बीच तनाव बढेको छ ।

जुलाईको निर्वाचनमा सत्तारूढ दलले उसको सहज बहुमत गुमाएको थियो । राष्ट्रपति म्याकी सलले सन् २०२४ मा तेस्रो कार्यकालमा उठ्ने हल्लाले मत काटिएको विश्लेषण गरिदैंछ । 

सलले हालसम्म उनको तेस्रो कार्यकालको लागि उम्मेदवारीको योजनाबारे स्पष्ट बताएका छैनन् । विपक्षीले भने राष्ट्रपति तेस्रोपटक उठेन भने कार्यकाल सीमा तथा राष्ट्रपति स्वयले गरेको पहिलेको वाचाको उल्लङ्घन हुने बताईरहेका छन् । ६० वर्षका राष्ट्रपति सलका समर्थकहरूले भने संवैधानिक संशोधनमार्फत तेस्रो कार्यकालको बाटो खुलाउन सकिने बताइरहेका छन् । 

सेप्टेम्बरमा निर्वाचनपछिको पहिलो संसद बैठकमा पनि सभामुख चयनको विषयमा विधायकहरूबीच घम्साघम्सी भएको थियो ।  ग्नीबीले सप्ताहन्तमा राष्ट्रपति सलको तेस्रो कार्यकालको विरोध गर्ने एक आध्यात्मिक नेतालाई गाली गरेकी थिइन् । साम्बले बिहीबार सभालाई सम्बोधन गर्दै ग्नीबीको टिप्पणीको आलोचना गरिरहेका थिए ।

‘राष्ट्रपति महोदय, एक महासयले यस सभालाई माराबाउट (आध्यात्मिक नेता) को अपमान गर्न प्रयोग गरिन्,’ साम्बले भने । साम्बले बोलिरहँदा गनिबीले आफूलाई यस्तो कुराले नछुने भन्दै साम्बलाई व्यङ्ग्य गरिन् । लगतै साम्ब आफ्नो गनिबीकहाँ पुगेर उनलाई थप्पड हिर्काएका थिए ।

संसद भवन भित्रको झगडाको फुटेज सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको छ । घटनापछि महिला हिंसाको बहस पनि सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप