शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनीका मुख्यमन्त्री, मन्त्री र सांसदको दाङबाटै सपथ हुन्छ : मन्त्री चौधरी

शुक्रबार, १६ मङ्सिर २०७९, १४ : ३१
शुक्रबार, १६ मङ्सिर २०७९

नेकपा एकीकृत समाजवादीका नेता एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले अब लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसद सबैको सपथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरीबाटै हुने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा बोल्दै चौधरी प्रदेशको सार्वभौम संसदले गरेको निर्णयमा कर्मचारी वा कुनै अमुक नेताहरूको विरोधमा नरोकिने जिकिर गरे ।

‘प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित भालुबाङमा राख्ने निर्णय भइसकेको छ । अब कर्मचारीले आन्दोलन गर्नु/नगर्नुको कुनै अर्थ छैन’ चौधरीले भने, ‘अब स्थायी राजधानी दाङबाटै सञ्चालन हुन्छ । सांसदसहित मुख्यमन्त्री र मन्त्रीहरूको सपथ दाङबाटै हुन्छ ।’ दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने चौधरीले प्रदेशको स्थायी राजधानीका विषयमा अनावश्यक बखेडा नझिक्न आग्रह गरे ।

एमालेले प्रदेशको स्थायी राजधानीका विषयमा डबल रोल खेलेको भन्दै चौधरीले आपत्ति  जनाए । ‘एमालेले सधैं डबल रोल खेल्छ । डबल स्ट्याण्ड राख्छ । त्यसले पनि कुनै अर्थ राख्दैन । अब राजधानी दाङमा भयो भयो कसैले रोकेर रोकिँदैन’ चौधरीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप