बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘चोर’को जिन्दगी : लाखौँ धरौटी तिरेर छुट्नासाथ फेरि चोरी !

शुक्रबार, १६ मङ्सिर २०७९, १८ : २१
शुक्रबार, १६ मङ्सिर २०७९

झ्यालको ग्रील तोडेर चोरी । पक्राउ अनि, हिरासत । धरौटी तिरेर अदालतको आदेशमा रिहा भएपछि पुनः चोरी धन्दा । उनी हुन्, काठमाडौँ उपत्यकामा कहलिएका ‘चोर’ राजु तामाङ ।​ मंसिर १३ देखि प्रहरी वृत्त बौद्धको हिरासतमा छन्, राजु तामाङ । यसअघि पनि पटक–पटक पक्राउ परिरहने राजुलाई ‘पटके चोर’को संज्ञा दिन्छन्, काठमाडौं प्रहरी प्रमुख (एसएसपी) भरत बोहरा ।

केही दिनअघि बूढानीलकण्ठ नगरपालिका–१० विवेक चोकमा बन्दना राई र दिनेश सापकोटाको डेरामा चोरी भयो । अनुसन्धान गर्दै जाँदा राजु पक्राउ परे । प्रतिनिधिसभा र प्रदेशसभा चुनावअघि मात्रै उनी १५ लाख धरौटीमा रिहा भएको थाहा भएको छ । रिहा हुनासाथ राजु पुनः चोरी धन्दामा लागेको पाइएको काठमाडौंका एसएसपी भरत बोहराले बताए । एसएसपी बोहरा भन्छन्,‘चोरी मुद्दामा उनी पटक पटक धरौटीमा छुटेको थाहा भएको छ ।’

४२ वर्षका राजु एक्लै चोर्न हिँडछन् । उनीसँग कुनै समूह हुँदैन । उनको चोर्ने शैली हो, ‘झ्यालको ग्रील फुटाउने अनि चोर्ने ।’ उनी दिउँसो चोर्न हिँड्ने गरेको प्रहरीको भनाइ छ । 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित सुन्ताखान घर भएका राजु गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटीमा बस्छन् ।

निर्वाचन भन्दाअघि चोरी मुद्दामा धरौटीमा छुटेका राजु त्यसअघि पनि २० लाख धरौटी बुझाएर अदालतको आदेशमा रिहा भएका थिए । उनीबारे अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतका अनुसार धरौटी बुझाउने रकम उनले चोरेरै जुटाउने गरेका छन् । ती अधिकृत भन्छन्, ‘चोरेरै लुकाएको रकमबाट लाखौं धरौटी जुटाएको देखिन्छ ।’   

कपन विवेक चोकमा बन्दना र दिनेशको डेरामा चोरी गर्दा झ्यालको ग्रील निकाल्न उनले प्रयोग गरेको फलामको रड, पिलास र तार काट्ने कटर प्रहरीले बरामद गरेको छ । राजुको डेराबाट चोरेको ४ लाख ८१ हजार ६५० नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले बताए ।

प्रहरी हिरासतमा दिन बिताइरहेका राजु तामाङ अदालतमा चोरी मुद्दाको तारेख पनि धाइरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप