शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नामिवियाविरुद्ध ब्याटिङमा नेपाल

शुक्रबार, १६ मङ्सिर २०७९, १३ : २४
शुक्रबार, १६ मङ्सिर २०७९

आईसीसी विश्वकप लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाल र नामिबिया दुई एक दिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । ती दुवै खेल नामिबियाले जितेको छ ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंकसहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा रहेको छ । यस सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप