बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

शुक्रबार, १६ मङ्सिर २०७९, १३ : ०३
शुक्रबार, १६ मङ्सिर २०७९

कपिलवस्तुको मायादेविस्थित चाकर चौडामा एकजना भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि गएराति दुई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार चाकरचौडा बजारको एक होटलमा रहेका उनलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्याइएको बस्नेतले बताए । गोली हान्ने समूहको खोजीकार्य भइरहेको बस्नेतले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप