जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताएका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङको ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताएका हुन् । उनले निर्वाचनमा आफूले सार्वजनिक गरेका विकास र समृद्धिका योजनालाई पाँच वर्षमा पूरा गर्न हदैसम्मको प्रयासमा लाग्ने बताए ।
“अधुरा काम पूरा गर्दै नयाँ विकासे आयोजना थप गर्ने छु, आगामी पाँच वर्षमा जनताको आधारभूत विकास शिक्षा, स्वास्थ्य, खानेपानी र सडकजस्ता योजना हदैसम्म सफल बनाइने छ”, मन्त्री पौडेलले भने, “पाँच वर्षमा बागलुङको पश्चिम क्षेत्रमा धेरै विकासका ढोका खोलिनेछन् ।”
उनले अबको केन्द्रीय र प्रदेश सरकारसमेत अहिलेको गठबन्धबाटै बन्ने जिकिर गरे । चुनावपछि जनताको साझा प्रतिनिधि भएको उल्लेख गर्दै मन्त्री पौडेलले पूर्वाधार विकासमा समान वितरण प्रणली लागू गरिने जानकारी दिए ।
उनले ढोरपाटन–साल्झण्डी सडक निर्माणलाई तीव्रता दिने, केन्द्रीय प्रसारण लाइनलाई विस्तार गरिने, आफ्नो क्षेत्रका ठूला सडकमा पक्की पुल निर्माण गर्ने र ढोरपाटनको आलुलाई प्रवद्र्धन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा वार्षिक ६० अर्ब रुपैयाँ बचत हुन्छ’
-
अस्ट्रेलियामा डुबेर मर्नेको सङ्ख्या ७ पुग्यो
-
उद्योगीको ‘लबिङ’मा ४५० केजीको ग्यास सिलिन्डर आयातको तयारी
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने
-
इस्टर युद्धविराम : युक्रेन र रुसले लगाए एक अर्कालाई आरोप
-
चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन प्रतियोगिता