बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार लक्ष्मण श्रीलाई ‘उर्वरा राष्ट्रिय बहुआयामिक कला सम्मान’ प्रदान

शुक्रबार, १६ मङ्सिर २०७९, १२ : २२
शुक्रबार, १६ मङ्सिर २०७९

कलाकार लक्ष्मण श्री ‘उर्वरा राष्ट्रिय बहुआयामिक कला–सम्मान’ बाट सम्मानित भएका छन् । पूर्व स्वास्थ्यमन्त्री तथा सांसद गगनकुमार थापाले उनलाई सो सम्मान प्रदान गरेका हुन् । श्रीलाई कलाकारिताको माध्यमबाट कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उक्त सम्मान दिइएको हो ।

उर्वरा फाउण्डेशनले राजधानीमा एक कार्यक्रम गर्दै साहित्य, संगीत, समाजसेवा, पत्रकारिता, लघुवित्त, पर्यटन, वाणिज्य लगायतका क्षेत्रमा विशेष योगदान पुर्याएका १४ व्यक्तिलाई सम्मान दिएको छ । ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ नाम दिएको उक्त सम्मान गणेश कार्की, गायक अशोक मुकारुङ, संगीतकार जीवन शर्मा, हेम थापा, तुलसी बस्नेत, सुमन घिमिरे, साहित्यकार नरेश काङमाङ, हरी ठकुरी, रीमा सापकोटा, गीतकार भूपेन्द्र महत र शोभाकान्त पाण्डे, सुरेन्द्र गुरुङले प्राप्त गरेका छन् । 

नेपाल पर्यटन बोर्डमा आयोजित राजेश बर्देवाको सञ्चालन रहेको कार्यक्रममा विभिन्न क्षेत्रबाट देश, समाज र कला क्षेत्रलाई उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई सम्मान मार्फत हौसला प्रदान गर्न आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष देवकी अभिलाषीले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप